Kathmandu Press

अर्जुनचौपारी गाउँपालिकाका तत्कालिन अध्यक्षसहित १२ जनामाथि भ्रष्टाचार मुद्दा 

अख्तियारले उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले र कोषाध्यक्ष हिम कुमारी केसी अनि अर्को उपभोक्ता समूहका अध्यक्ष मंगलदेवी थापा मगर, सचिव विष्णुकुमारी वि.क.अनि कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध समेत मुद्दा दायर गरेको छ। 
अर्जुनचौपारी गाउँपालिकाका तत्कालिन अध्यक्षसहित १२ जनामाथि भ्रष्टाचार मुद्दा 

काठमाडौं, पुस १६ : स्याङजाको अर्जुनचौपारी गाँउपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अर्जुनचौपारी बजारमा ढलान गर्ने क्रममा गुणस्तरहीन काम गर्दा ३५ लाख ३९ हजार रुपैयाँ बराबर भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालिकाका अध्यक्ष अर्यालसहित प्रमुख प्रशाकीय अधिकृतहरु पुरण गुरुङ र कमल प्रसाद गौतम, इञ्जिनियरहरु नविन थापा, सुदिप आचार्य र सूर्यप्रसाद पौडेलमाथि भ्रष्टाचारमा कारबाहीको माग राखेर मुद्दा दायर गरेको हो।

अख्तियारले उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले र कोषाध्यक्ष हिम कुमारी केसी अनि अर्को उपभोक्ता समूहका अध्यक्ष मंगलदेवी थापा मगर, सचिव विष्णुकुमारी वि.क.अनि कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध समेत मुद्दा दायर गरेको छ। 

अख्तियारले आर्थिक वर्ष २०७५÷७६ को योजना कार्यान्वयनका क्रममा गुणस्तरहिन काम गर्दा २७ लाख र आर्थिक वर्ष २०७६÷७७ मा ८ लाख ३४ हजार नोक्सान भएको दावी गरेको छ। अख्तियारले सबै प्रतिबादीसँग भ्रष्टाचारको अनुपातमा फरकफरक विगो दाबी गरेको छ। 

प्रकाशित मिति: १६:२५ बजे, मंगलबार, पुस १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्