Kathmandu Press

सहकारी ठगी प्रकरणमा रवि र छविसहित सातै जनाको बयान सकियो, थुनछेक बहस आजैबाट

कास्की जिल्ला अदालतमा पुस ७ बाट सुरु भएको रास्वपा सभापति रविलामिछानेसहित ७ जनाको बयान सकिएको छ। बयान सकिएसँगै सातौ जनाको थुनछेक बहस सुरु भएको छ।
सहकारी ठगी प्रकरणमा रवि र छविसहित सातै जनाको बयान सकियो, थुनछेक बहस आजैबाट

कास्की, पुस १६ : सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसहित सातै जनाको बयान सकिएको छ। 

कास्की जिल्ला अदालतमा रवि र छविसहित ७ जनाको पुस ७ गतेबाट बयान सुरु भएको थियो। जसमा रवि र छविसँगै जिबी राईका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद मीना गुरूङ, सूर्यदर्शन सहकारीका पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक कृष्णबहादुर गुरूङसँग बयान लिइएको गियो।

बयानसकिएसँगै आजैबाट थुनछेक बहस सुरु भएको छ। 

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले मुद्दा दायर गरेको थियो ।

रविमाथि भने सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ भने रविसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा तथा रविसहित १९ जनाविरुद्ध संगठित अपराधमा मुद्दा दायर भएको छ।
 

प्रकाशित मिति: १५:४९ बजे, मंगलबार, पुस १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्