Kathmandu Press

जनकपुरमा विद्यार्थीहरू आन्दोलित, क्याम्पसमा तोडफोड

निजी क्यामपसका सञ्चालकहरू पैसाको चखेलका लागि नियतवस परीषा केन्द्र सारेको विद्यार्थीहरूले आरोप लगाएका छन्। 
जनकपुरमा विद्यार्थीहरू आन्दोलित, क्याम्पसमा तोडफोड

धुनषा, पुस १६ : जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्यामपसका विद्यार्थीहरु आन्दोलित भएका छन्।

बुधबारदेखि शुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरु विहानैदेखि विरोधमा उत्रिएका हुन्।

विद्यार्थीहरुले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसरभित्र राखेको काठका सामाग्रीहरुमा आगोसमेत लगाएका छन्।

Photo-(2)-(2)-1735637284.png
 

पहिलो पटक आफ्नो क्याम्पसबाट परीक्षा केन्द्र अन्यत्र सारिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्। निजी क्यामपसका सञ्चालकहरू पैसाको चखेलका लागि नियतवस परीषा केन्द्र सारेको विद्यार्थीहरूले आरोप लगाएका छन्। 

उनीहरुले यो निर्णय आजै नसच्चयाए भोलि मधेश प्रदेशभरी कुनै ब्याचलर लेभलको परीक्षा हुन नदिने चेतावनी दिएका छन्।
 

प्रकाशित मिति: १५:१३ बजे, मंगलबार, पुस १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्