Kathmandu Press

बिपीको मेलमिलाप नीतिको केन्द्र जनता थिए : महामन्त्री शर्मा 

‘बिपीले त्यतिबेला गर्नु भएको तत्कालीन शक्तिको सन्तुलन हो, त्यो बेला पनि बीपीको मेलमिलापको केन्द्रमा जनता थिए, राजा थिएनन्,’ शर्माले भने।  
बिपीको मेलमिलाप नीतिको केन्द्र जनता थिए : महामन्त्री शर्मा 
फाइल तस्बिर।

काठमाडौं, पुस १६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिपी कोइरालाले अघि सारेको मेलमिलापको नीतिको केन्द्र जनता भएको बताएका छन्। 

पूर्वकर्मचारी समाज नेपालले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले मेलमिलाप नीतिको केन्द्रमा राजा नभएर जनता रहेको टिप्पणी गरे।

‘बिपीले त्यतिबेला गर्नु भएको तत्कालीन शक्तिको सन्तुलन हो, त्यो बेला पनि बीपीको मेलमिलापको केन्द्रमा जनता थिए, राजा थिएनन्,’ शर्माले भने।  

शर्माले बिपीपछि २०६२र०६३ मा तत्कालीन माओवादी बिद्रोहीसँग १२ बुँदे सहमति गर्दा पनि जनता नै केन्द्रमा रहेको बताए। 

२०३३ सालमा राजाले संसदीय प्रजातन्त्र मान्ने सर्तमा मेलमिलाप गरेको बताउँदै शर्माले त्यही सर्तमा माओवादीसँग पनि मेलमिलाप गरिएको भनाई शर्माको थियो। शर्मा माओवादी पनि बल प्रयोगबाट राज्यसत्ताको बाटो छोडेर ब्यालेटको बाटोबाट राज्यसत्तामा जाने नीतिमा आएको बताए। 

प्रकाशित मिति: १४:२९ बजे, मंगलबार, पुस १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्