Kathmandu Press

गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्छ : सभापति देउवा

‘आजको जुन यो गणतन्त्र छ यसलाई सफल पार्न र अझै विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य हो,’ उनले भने, ‘मलाई लाग्छ यो गणतन्त्र स्थायी रहन्छ। र, यसलाई अझै सुदृढ बनाउन आवश्यक छ।’ 
गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्छ : सभापति देउवा

काठमाडौं, पुस १६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्ने बताएका छन्। 

मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई सफल पार्ने र अझै विश्वसनिय बनाउने सबैको कर्तव्य भएको बताए। 

‘आजको जुन यो गणतन्त्र छ यसलाई सफल पार्न र अझै विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य हो,’ उनले भने, ‘मलाई लाग्छ यो गणतन्त्र स्थायी रहन्छ। र, यसलाई अझै सुदृढ बनाउन आवश्यक छ।’ 

सभापति देउवाले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि नै आवश्यक रहेको बताए। 

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण नै आज नेपाली राजनीति यहाँसम्म आइपुगेको बताए। उनले आधुनिक नेपालको राजनीतिक जग बसाउने काम कांग्रेस नेतृत्वले नै गरेमने बताए।

प्रकाशित मिति: १३:४२ बजे, मंगलबार, पुस १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्