सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउँछौं : मन्त्री पाण्डे
मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताए।
काठमाडौं, पुस १६ : संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उद्घोष गरेका छन्।
मंगलबार २६औं नेपाल पर्यटन बोर्डको वार्षिकोत्सवमा मन्त्री पाण्डेले यसअघि नेपाल सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण पूरा हुन नसकेको भन्दै सरकारले अब सन् २०२५देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने बताए।
‘१९८९ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएका थियौं। यसअघि नेपाल सरकारले सन २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भएपनि त्यो कार्यविधि अभावका कारण पूरा हुन सकेन्। सरकारले अब सन् २०२५देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने छ,’ उनले भने।
मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताए।
उनले पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दै सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताए।
उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात गर्दै अन्तरर्राष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दि ।












