Kathmandu Press

‘नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पुरा हुन्छ’

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने बताए। 
‘नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पुरा हुन्छ’

काठमाडौं, पुस १६ : कांग्रेस सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीबीच एकता र मेलमिलाप हुनुपर्ने बताएका छन्। 

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने बताए। 

‘पूर्वका हुन् या पश्चिमका, विभिन्न चाहनाहरू होलान्, ती सबैलाई समन्वय गरेर, एकताको सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई संसारमा नै स्थापित गर्न सक्छौं,’ सभापति देउवा ले भने।

यस्तै सभापति देउवाले विपी कोइरालाले परिकल्पना गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पनि उल्लेख गरे। 

नेपालीबीच राष्ट्रिय एकता तथा मेलमिलाप गराउन कांग्रेसले मात्रै सक्ने उनले बताए। 

प्रकाशित मिति: १२:११ बजे, मंगलबार, पुस १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्