Kathmandu Press

डायनामिक क्र्युले मनायाे आठौं वार्षिकोत्सव

डायनामिक स्काउट क्रुले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ।
डायनामिक क्र्युले मनायाे आठौं वार्षिकोत्सव

काठमाडौं, पुस १५ : डायनामिक स्काउट क्र्युले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ। सोमबार डायनामिक स्मारिका विमोचन समारोहको आयोजना गर्दै स्काउट क्र्युले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको  हो।

उक्त डायनामिक स्मारिका विमोचन समारोहमा नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त देवराज घिमिरेले डायनामिक क्र्युले समाज र राष्ट्रका लागि आवश्यक योग्य नागरिक उत्पादन गर्ने गरेको बताएका छन्। 

उनले अहिलेसम्म डायनामिक क्रुले सक्षम, दक्ष नागरिक उत्पादन गर्दै अगाडि बढिरहेको बताएका हुन्।

Photo-(8)-(7)-1735631442.jpg
 

‘डायनामिक क्र्युले एउटा डायनामिक युथ प्रोड्युस गर्छ। जसले समाजका लागि, राष्ट्रका लागि आवश्यक सक्षम, दक्ष र योग्य  नागरिक उत्पादन गरिरहेको छ। अहिलेसम्मका प्रोडक्टहरु हेर्दाखेरी हामीलाई गर्व लागेको छ,' उनले भने। 

साथै उनले अहिलेको समयमा अरु भन्दा अलग हुन नसके प्रतिस्पर्धात्मक समाजमा आफूलाई उभ्याउन गार्हो हुने बताए । उनले स्काउटका लिर्डसहरुलाई अरुको भन्दा फरक काम गर्न समेत आग्रह गरे।

Photo-(5)-(13)-1735631442.jpg

‘अहिलेको समय प्रतिस्पर्धात्मक छ, अब हामी अरु भन्दा अलग हुन सकेनौं भने अरुको  भन्दा फरक गुण, क्यापासिटि डेभलप गर्न सकेनौं भने यो  प्रतिस्पर्धात्मक समयमा आफूलाई उभ्याउन गाहे पर्दछ। विद्यालयमा सिक्ने शिक्षा, कलेजबाट पढ्ने शिक्षा सबैले लिएका छन्। अडेनरी मान्छे बन्ने हो त्यो  शिक्षाबाट। तर स्काउटमा छौं त्यसैले अनौपचारिक शिक्षाले के गर्छ भन्दाखेरी युनिर्भसिटी, कलेज, स्कुल शिक्षा र घरमा सिक्ने अनौपचारिक शिक्षामा एउटा ग्यापको काम गर्दछ,' उनले भने। 

Photo-(11)-(7)-1735631470.jpg

Photo-(6)-(7)-1735631470.jpg

प्रकाशित मिति: २०:२४ बजे, सोमबार, पुस १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्