Kathmandu Press

शेरा दरबार जग्गा प्रकरणबारे प्रचण्डले भने - माओवादीकै नेताहरू जोडिएका छन् भने पनि नछाडियोस्

तर १२/१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेर दरबारको जग्गासँग माओवादी नेतृत्वलाई जोड्ने प्रयास गरिएको भन्दै उनले आपत्ति जनाए।
शेरा दरबार जग्गा प्रकरणबारे प्रचण्डले भने - माओवादीकै नेताहरू जोडिएका छन् भने पनि नछाडियोस्
फाइल तस्बिर।

काठमाडौं, पुस १५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नुवाकोटको शेरा दरबारको जग्गा प्रकरणमा जोडिएका जोकोहीलाई पनि छाड्न नहुने बताएका छन्।

सोमबार झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसअघि आफू सरकारमा हुँदा पनि भ्रष्टाचारका काण्डहरूमा माओवादीकै नेताहरू परेपनि नछाड्न भनेको दोहोर्‍याउँदै शेर दरबारको जग्गा प्रकरणमा माओवादीकै नेता संलग्न छन् भने पनि नछाड्न भनेका हुन्।

'प्रधानमन्त्री हुँदा मैले अनुसन्धान अकारीहरुलाई भनेको थिएँ, भ्रष्टाचारीलाई खोज्दै जाँदा कतै प्रचण्ड आयो भने पनि नछाड्नू । अहिले पनि भन्न चाहन्छु, यदि भ्रष्टाचारका मुद्दामा हाम्रा पार्टीका नेताहरु जोडिन्छन् भने छाडिने छैन,' उनले भने।

तर १२/१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेर दरबारको जग्गासँग माओवादी नेतृत्वलाई जोड्ने प्रयास गरिएको भन्दै उनले आपत्ति जनाए।

 ‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्रस्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ, शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहने छ, अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ हुने छैन,’ उनले भने।

प्रकाशित मिति: १८:०७ बजे, सोमबार, पुस १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्