Kathmandu Press

संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गरौं : मन्त्री सिंह

उनले आउने पुस्तामा संस्कृति हस्तान्तरण गर्नुपर्ने भएकाले वर्तमानमा गरिरहेका गतिविधिलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्ने बताए।
संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गरौं : मन्त्री सिंह

काठमाडौं, पुस १५ : सहरी विकासमन्त्री प्रकाशमान सिहंले पुर्खाले सुम्पिएर गएको संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन्।

सोमबार तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले आउने पुस्तामा संस्कृति हस्तान्तरण गर्नुपर्ने भएकाले वर्तमानमा गरिरहेका गतिविधिलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्ने बताए।

Hardik ivf

‘पुर्खाले हामीलाई छोडेर गएका जुन रितितिथि,परम्परा छन्। त्यसलाई जोगाउनको लागि वर्तमानमा सबै त्यसमा सक्रिय भएर सहभागी भएको खण्डमा जोगिने रहेछ। जसरी हाम्रा पुर्खाले सुम्पिएर गएका संस्कार संस्कृति छ त्यसलाई आउने पुस्ता, नयाँ पिँडीलाई सुम्पिनपर्ने भएकाले वर्तमानमा जे जति गतिविधि गरिरहेका छौं त्यसलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्छ,’ उनले भने।

त्यस्तै उनले धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई सुरक्षित र संस्थागत गर्दै लैजानुपर्ने भन्दै आउने दिनमा आम नेपाली जनता र राष्ट्रलाई समृद्ध र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्ने बताए।

‘सबैले प्राप्त गरेको अधिकार सजिलैसँग प्राप्त गरेको होइन। धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई सुरक्षित राख्दै र संस्थागत गर्दै ,आउँदै गरेको दिनमा आम नेपाली जनता र राष्ट्रलाई उन्नती र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्छ,’ उनले भने।

 

प्रकाशित मिति: १७:४३ बजे, सोमबार, पुस १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्