Kathmandu Press

प्रधानमन्त्री ओलीद्वारा कार्टरको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री ओलीद्वारा कार्टरको निधनप्रति दुःख व्यक्त

काठमाडा, पुस १५ : प्रधानमन्त्री केपी ओलीले अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नोबेल पुरस्कारबाट विभूषित कार्टरको निधनप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन्। 

ओलीले कार्टरले परोपकार, मानव अधिकार र शान्तिका क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै कार्टरका परिवार र अमेरिकी नागरिकप्रति समवेदना समेत प्रकट गरेका छन्।

कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियामा निधन भएको हो। उनकी श्रीमती रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो। 
 

प्रकाशित मिति: १६:३१ बजे, सोमबार, पुस १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्