Kathmandu Press

नयाँ पार्टी घोषणा गर्ने भीम रावलको तयारी 

नयाँ पार्टी घोष्णाका लागि रावलले बुधबार कार्की ब्यांकेटमा पत्रकार सम्मेलन आयोजनासमेत गरेका छन्। 
नयाँ पार्टी घोषणा गर्ने भीम रावलको तयारी 

काठमाडौं, पुस १५ : नेकपा एमालेबाट निस्काशनमा परेका नेता भीम रावलले नयाँ पार्टीको घोषणा गर्ने भएका छन्। 

नयाँ पार्टी घोष्णाका लागि रावलले बुधबार कार्की ब्यांकेटमा पत्रकार सम्मेलन आयोजनासमेत गरेका छन्। 

नेकपा एमालेको १० पुसमा बसेको स्थायी कमिटी बैठकले रावललाई पार्टीको साधरण सदस्य समेत नरहनेगरी निस्कासन गरेको थियो। 

त्यसपछि उनले नयाँ पार्टी खोल्ने तयारी गरेका हुन्। नयाँ पार्टी खोल्नेक्रममा रावलले सुदूरपश्चिम क्षेत्रका विभिन्न पार्टीका नेता कार्यकर्ताहरुसँग भेटघाट गरेका छन्।

रावलले नेकपा एकीकृत समाजवादीका नेता एवं प्रदेश सांसद डा.ताराप्रसाद जोशीलाई भेटेर नयाँ पार्टीमा मिलेर जान प्रस्ताव राखेका छन्। 

जोशी समाजवादीबाट टिकट नपाएपछि डडेल्धुरा प्रदेश सभा–२ बाट स्वतन्त्ररुपमा उठेर निर्वाचित भएका थिए। 

रावलले डडेल्धुरा कांग्रेसका पूर्वसभापति कर्ण मल्ललाई पनि भेटेका छन्। मल्ल काँग्रेसबाट अनुशासनको कारवाहीमा परी निस्कासित भएका थिए।   

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, पुस १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्