Kathmandu Press

‘बक्सिङ डे’ टेस्टमा भारत पराजित, सिरिजमा अस्ट्रेलिया २–१ले अघि 

योसँगै ५ खेलको सिरिजमा भारत २–१ले पछि परेको छ। अब भारतले बोर्डर–गावस्कर सिरिज जित्ने सम्भावना सकिएको छ। अब सिड्नीमा हुने अन्तिम टेस्टमा जित निकाले पनि भारतले सिरिज भने जित्न सक्ने छैन। 
‘बक्सिङ डे’ टेस्टमा भारत पराजित, सिरिजमा अस्ट्रेलिया २–१ले अघि 

काठमाडाैं, पुस १५ : बोर्डर–गावस्कर सिरिजको ‘बक्सिङ डे’ टेस्टमा भारत पराजित भएको छ। रोमाञ्चक बनेको टेस्टको अन्तिम दिनमा अन्तिम सत्रमा ७ विकेट गुमाएपछि भारतले बक्सिङ डे टेस्ट गुमाएको हो।

योसँगै ५ खेलको सिरिजमा भारत २–१ले पछि परेको छ। अब भारतले बोर्डर–गावस्कर सिरिज जित्ने सम्भावना सकिएको छ। अब सिड्नीमा हुने अन्तिम टेस्टमा जित निकाले पनि भारतले सिरिज भने जित्न सक्ने छैन। 

Hardik ivf

मोलबर्नमा प्राप्त यो हारसँगै लागतार तेस्रो पटक विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्ने भारतको सम्भावना निकै कमजोर बनेको छ। 

अस्ट्रेलियाले दिएको ३४० रनको लक्ष्य पछ्याएको भारत अन्तिम दिन १५५ रनमै अलआउट भयो। उसका लागि यशस्वी जैसवलालले सर्वाधिक ८४ र ऋषव पन्तले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। भारतले अन्तिम सत्रमा ७ विकेट गुमाएपछि खेल गुमाएको हो।

भारतको इनिङ धरासायी बनाउने क्रममा कप्तान प्याट कमिन्स, स्कट बोलान्डले समान ३ विकेट लिँदा नाथन लियोनले १ विकेट लिए। 

त्यअसघि अन्तिम अन्तिम दिन २२८–९को अवस्थामा सुरु गरेको अस्ट्रेलिया २३४ रनमा अलआउट भएको थियो। अस्ट्रेलियाका लागि मार्नस लाबुसेनले ७० रन बनाउँदा कमिन्स र लियोनले समान ४१ रन बनाएका थिए। बलिङमा भारतका जसप्रित बुमराहले ५ विकेट लिँदा मोहम्मद सिराजले ३ विकेट लिए।

त्यसअघि पहिला इनिङमा अस्ट्रेलियाले स्टिभ स्मिथको शतक मद्दतमा ४७४ रन बनाएको थियो। स्मिथतले १४० रन बनाउँदा लाबुसेनले ७२, साम कोन्सटासले ६०, उस्मान खवाजाले ५७ र कमिन्सले ४९ रन बनाएका थिए। बलिङमा भारतका बुमराहले ४, रविन्द्र जडेजाले ३ र आकाश दीपले २ विकेट लिए।

भारतले पहिलो इनिङमा नितिशकुमार रेड्डीको मेडन शतक मद्दतमा ३६९ रज बनाएको थियो। रेड्डीले ११४ रन बनाउँदा वासिङ्टन सुन्दरले ५० रन बनाएका थिए। बलिङमा अस्ट्रेलियाका कमिन्स, बोलान्ड र लियोनले समान ३ विकेट लिएका थिए।

प्रकाशित मिति: १४:४० बजे, सोमबार, पुस १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्