Kathmandu Press

कार्टरको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त 

राष्ट्रपति पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व अमेरिकी राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको निधनले आफुलाई अत्यन्त दुःखी बनाएको बताएका छन्। 
कार्टरको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त 

काठमाडौं, पुस १५ : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वअमेरिकी राष्ट्रपति जिमी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

राष्ट्रपति पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व अमेरिकी राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको निधनले आफुलाई अत्यन्त दुःखी बनाएको बताएका छन्। 

शान्ति, मानवअधिकार र परोपकारका क्षेत्रमा योगदानले विश्वलाई प्रेरित गरेको राष्ट्रपति पौडेलको भनाई छ। राष्ट्रपति पौडेलको शोक सन्देशमा भनिएको छ, ‘उहाँको परिवार र अमेरिकी जनताप्रति मेरो गहिरो समवेदना व्यक्त गर्दछु।’

पूर्वराष्ट्रपति कार्टरको सय वर्षको उमेरमा आइतबार जर्जियास्थित आफ्नो निवासमा निधन भएको थियो। 
 
प्रकाशित मिति: १४:१५ बजे, सोमबार, पुस १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्