Kathmandu Press

रौतहटमा आगलागी, २५ घर जलेर नष्ट

स्थानिय बाबुलाल हजराको घरमा विद्युत सर्ट भब आगोबाट हजरा नजिकै रहेको दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेको छ।
रौतहटमा आगलागी, २५ घर जलेर नष्ट

काठमाडौं, पुस १५ : रौतहटको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागि हुँदा २५ भन्दा बढी फुसको घर जलेर नष्ट भएको छ। 

स्थानिय बाबुलाल हजराको घरमा विद्युत सर्ट भब आगोबाट हजरा नजिकै रहेको दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेको छ।

आगलागी भएको खवर पाउन साथ  प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको विओपी बेलविछवा र गौर नगरपालिकाको बारुण यन्त्र घटना स्थल पुगेको थियो। 

Hardik ivf

Photo-(4)-(11)-1735545725.jpg

आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरिएको छ। घरमा राती सुतेको बेलामा आगोलागि भएकाले सर सामान निकाल्न नपाएको प्रहरीले बताएको छ। 

यद्यपि मानबिय क्षति नभए पनि लता कपड़ा, अन्नलगायत जलेको प्रहरीले जानकारी दिएको छ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।

Photo-(5)-(12)-1735545725.jpg

Photo-(2)-(18)-1735545723.jpg

Photo-(1)-(28)-1735545722.jpg

प्रकाशित मिति: १३:४८ बजे, सोमबार, पुस १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्