Kathmandu Press

३ लाख धुस रकमसहित रंगेहात पक्राउ परे राष्ट्रिय किताबखानाका शाखा अधिकृत

राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल, काठमाडौंका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ परेका छन्।
३ लाख धुस रकमसहित रंगेहात पक्राउ परे राष्ट्रिय किताबखानाका शाखा अधिकृत

काठमाडौं, पुस १४ : राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल, काठमाडौंका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार पेन्सनपट्टा बनाउने प्रयोजनका लागि शाखा अधिकृत प्रसाईंले सेवाग्राहीबाट ३ लाख रूपैयाँ घुस लिएका थिए।

घुस रकमसहित पक्राउ परेका प्रसाईंविरूद्ध थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: २०:३३ बजे, आइतबार, पुस १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्