Kathmandu Press

कांग्रेस आगामी निर्वाचनमा तीनै तहमा एक्लै लड्छ: शेखर कोइराला

कांग्रेसको लक्ष्य  तीनै तहमा चुनाव एक्लै लडेर जित्ने रहेको उनले बताए।
कांग्रेस आगामी निर्वाचनमा तीनै तहमा एक्लै लड्छ: शेखर कोइराला

महेन्द्रनगर, पुस १४ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस तीनै तहमा एक्लै चुनाव लड्ने बताएका छन्।

कांग्रेसको लक्ष्य  तीनै तहमा चुनाव एक्लै लडेर जित्ने रहेको उनले बताए।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले कांग्रेस र एमालेले अगामी निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने बताए।

दुई/दुई महिनामा सरकार परिवर्तन हुने र राजनीतिक स्थायित्व नहुने भएपछि एमालेसँग मिलेर सरकार गठन गर्नुपर्ने बाध्यता आइपरेको उनले बताए।

सरकारले विलम्ब नगरी संविधानमा रहेका त्रुटि परिवर्तन गर्न अन्य दलसँग मिलेर अगाडि बढ्नुपर्ने समय आएको नेता कोइरालाको भनाइ थियो । पार्टीको महाधिवेशन समयमै गर्न पनि उनले जोड दिए।

प्रकाशित मिति: २०:२४ बजे, आइतबार, पुस १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्