असन, इन्द्रचोक र ठमेलको भीडभाडमा रिक्सा चलाउनेहरू [फोटो फिचर]
मानिसहरूको भिडभाड हुने हुँदा यी क्षेत्रमा रिक्सा चलाउनु पनि कम चुनौतीपूर्ण भने छैन।काठमाडौंको व्यस्तमध्येमा पर्छ असन, इन्द्रचोक र ठमेल क्षेत्र।
खुद्रा पसल सञ्चालन गर्नेहरू थोक मूल्यमा आफूलाई चाहिने सामान किन्न असन, इन्द्रचोक लगायत न्यूरोड आसपासका बजारमा पुग्छन्।
यी क्षेत्रमा जुनसुकै सामानहरू पनि पाइने भएकाले खुद्रा पसले मात्र नभई व्यक्तिगत रूपमा आवश्यक सामग्रीहरू किन्न आउनेहरू पनि हुन्छन्।
बजारको रौनक हेर्न जानेहरू पनि हुन्छन् यी क्षेत्रमा।
साँघुरो सडकका कारण यी क्षेत्रमा अहिले चार पांग्रे सवारी साधनलाई प्रवेश निषेध छ। काठमाडौं महानगरपालिकाले असन क्षेत्रका केही ठाउँहरूमा दुई पांग्रे सवारी साधनलाई पनि प्रवेश निषेध गरिएको छ।
चार पांग्रे र दुई पांग्रे सवारी साधनहरूलाई निषेध हुँदा ती क्षेत्रमा रिक्सा चल्छन्। मानिसहरूको बाक्लो चहलपहल हुने हुँदा यी क्षेत्रमा रिक्सा चलाउनु पनि कम चुनौतीपूर्ण भने छैन।
यही क्षेत्रमा रिक्सा चलाएर दर्जनौं मानिसहरूले घरब्यवहार चलाएका छन्। बिहान बेलुकाको छाक टारेका छन्। कहिलेकाहीँ भ्याइनभ्याइ हुने उनीहरू कहिलेकाहीँ एकाध टिपमै चित्त बुझाउनुपर्ने हुन्छ।
ठमेल क्षेत्रको परिदृश्य पनि उस्तै छ।
ठमेलमा ढुवानीभन्दा यातायातकै साधन हो रिक्सा। विशेषगरी विदेशी पर्यटकहरू रिक्सा चढेर ठमेल घुमिरहेका देखिन्छन्। त्यसबाहेक नेपालीहरू पनि रिक्सा चढेर ठमेल घुमिरहेका देखिन्छन्।
रिक्सा चलाउनेहरू युवादेखि उमेर ढल्केका पुरूषहरू पनि हुन्छन्।
तस्बिरहरूः