Kathmandu Press

गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ।
गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन्। 

भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको थियो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो।

भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ।

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, पुस १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्