Kathmandu Press

उदयपुरमै कोरोना परीक्षण गर्न स्थानीय राजनितिक दलको माग

उदयपुर, वैशाख ११ : उदयपुरमा मात्र २७ जना कोरोना संक्रमित भेटिएपछि स्थानीय राजनीतिक दलले जिल्लामै कोरोना परीक्षण गर्न माग गरेका छन्।

उदयपुरको....

उदयपुरमै कोरोना परीक्षण गर्न स्थानीय राजनितिक दलको माग

उदयपुर, वैशाख ११ : उदयपुरमा मात्र २७ जना कोरोना संक्रमित भेटिएपछि स्थानीय राजनीतिक दलले जिल्लामै कोरोना परीक्षण गर्न माग गरेका छन्।

उदयपुरको गाइघाटमा बिहीबार बसेको बैठकमा नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल, नेपाली कांग्रेसका जिल्ला सभापति विदुर बस्नेत, समाजवादी पार्टीका अध्यक्ष केशव मगर र राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव खेमनारायण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला जनस्वास्थ्य कार्याल्य उदयपुरमै परीक्षणको व्यवस्गा मिलाउन आग्रह गरेका हुन्।

हाल कोरोना परीक्षणका लागि स्वाव संकलन गरेर धरान, विराटनगर तथा काठमाडौं पठाउने गरिएको भन्दै संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गर्नसमेत माग गरेका छन्।

प्रकाशित मिति: १३:३२ बजे, बिहीबार, वैशाख ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्