Kathmandu Press

राष्ट्रिय सभागृहमा पिएल सिंहको शालिक निर्माण गरिने

राष्ट्रिय सभागृह परिसरमा शालिक निर्माण गरिने भएको हो। महानगरपालिकाको १६ औं अधिवेशनमा प्रमुख बालेन शाहले उक्त घोषणा गरेका हुन्। 
राष्ट्रिय सभागृहमा पिएल सिंहको शालिक निर्माण गरिने

काठमाडौं, पुस १४ : काठमाडौं महानगरपालिकाले तत्कालिन मेयर पीएल सिंहको शालिक बनाउने भएको छ।

राष्ट्रिय सभागृह परिसरमा शालिक निर्माण गरिने भएको हो। महानगरपालिकाको १६ औं अधिवेशनमा प्रमुख बालेन शाहले उक्त घोषणा गरेका हुन्। 

नेपालकै पहिलो महानगरपालिका निर्माण गर्नको लागि योगदान गरेको भन्दै सिंहको पूर्णकदको शालिक बनाउने भनाई मेयर बालेको थियो। 

बालेनले स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा सिंहको महत्वपूर्ण भूमिका रहेको भन्दै स्मरण गरे। 

सिंहको गत १ पुसमा निधन भएको थियो। बहुदलिय व्यवस्थाको पुनस्र्थापनापछि सिंह २०४९ सालमा भएको स्थानीय निर्वाचनबाट सिंह पहिलो प्रमुखका रुपमा निर्वाचित भएका थिए। 

प्रकाशित मिति: १७:२४ बजे, आइतबार, पुस १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्