Kathmandu Press

दोहोरो अंकले घट्यो नेप्से 

लघुवित्त १.१२, म्युचुअफ फन्ड ०.१८ र अन्य समूह ०.२९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
दोहोरो अंकले घट्यो नेप्से 

काठमाडौं, पुस १४ : साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार नेप्से २१.१२ अंकले घटेर २०६०९.५८ विन्दुमा कायम भएको छ। 

आज ३१६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ बराबरको कारोबार भएको छ।

लघुवित्त १.१२, म्युचुअफ फन्ड ०.१८ र अन्य समूह ०.२९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

वित्त समूह सबैभन्दा धेरै ४.४७ र विकास बैंक समूह २.६५ प्रतिशतले घटेको छ। बैंकिङ ०.८७, होटल तथा पर्यटन ०.६१, जलविद्यूत् १.७३, लगानी ०.६६, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.८१, निर्जीवन बीमा ०.१२ र व्यापार समूह १.०३ प्रतिशतले घटेको छ।

आज पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाईनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो। 

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंकको २६ करोड १० लाख ८२ हजार छ सय ६४ बराबरको १० लाख ६५ हजार छ सय ५५ कित्ता शेयर किनबेच भएको छ। 

प्रकाशित मिति: १७:०३ बजे, आइतबार, पुस १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्