Kathmandu Press

हुम्लामा लगातार हिमपात, समस्यामा स्थानीय

सिमकोट हुने सबै हवाई यातायत बन्द भएको सिमकोटस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ। 
हुम्लामा लगातार हिमपात, समस्यामा स्थानीय

हुम्ला, पुस १४ : हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ। लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो।

हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले जानकारी दिए।

‘गाई झोपा र जुमागोठभित्रै छन् भने चौरी गाई छाडा भएका छन्। एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठारो भएको छ,’ उनले भने, ‘सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ।’

सिमकोट हुने सबै हवाई यातायत बन्द भएको सिमकोटस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ। 

चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चाहरू आगो तापेर बस्न थालेका छन्। यसवर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेका स्थानीय बताउँछन्।

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, पुस १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्