Kathmandu Press

प्रचण्डप्रति ओलीको कटाक्ष– म्याजिक नम्बर भन्दै धक्कु लगाउने दिन गए

‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरितन्त्र चलाउने दिन गए । त्यो दिन जानुपर्छ भनेर नै नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएको हो,’ ओलीले भने।
प्रचण्डप्रति ओलीको कटाक्ष– म्याजिक नम्बर भन्दै धक्कु लगाउने दिन गए

पर्सा, पुस १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले म्याजिक नम्बर भन्दै धक्कु लगाउने दिन गएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन्।

प्रधानमन्त्री ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको पनि बताए। नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा ओलीले उक्त कटाक्ष गरेका हुन्।

Hardik ivf

‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरितन्त्र चलाउने दिन गए । त्यो दिन जानुपर्छ भनेर नै नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएको हो,’ ओलीले भने।

उनले हालकै समीकरणले देश विकास गर्ने दाबी पनि गरे।

‘हामीले त्यतिबेला सुरु गरेर बिजोग भएका कामहरू फेरि अघि बढाएका छौं। ती कामहरू गर्न अग्रसर छौं। विश्वास गर्नुस्, नेकपा एमालेले गर्छ, एमालेको नेतृत्वले गर्छ,’ ओलीले भने, ‘एउटाको काँधबाट अर्काको काँधमा उफ्रने, अनि राज गरिरहने?’

प्रकाशित मिति: १६:४७ बजे, आइतबार, पुस १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्