सीमावर्ती नाकामा देखिएका समस्या समाधान हुन्छन् : मन्त्री राणा
मन्त्री राणाले विकास निर्माणका यस्ता योजनाका लागि ठुलो रकम आवश्यक पर्ने देखिएको र सरकारसँग बजेट थोरै रहेकाले समय लाग्ने गरेको भनाई पनि राखिन्।
कैलाली, पुस १४ : परराष्ट्रमन्त्री डा.आरजु राणाले बर्दियालगायत विभिन्न सीमावर्ती जिल्लाका नाकाहरुमा देखिएका समस्याहरु समाधान हुने बताएकी छन्।
आइतबार कैलालीबाट फर्किने क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकामा पुगेकी परराष्ट्रमन्त्री डा.राणासँग ठाकुरबाबा र मधुवन नगरपालिकाका प्रमुख र जनप्रतिनिधिले राखेको जिज्ञासामा मन्त्री राणाले उक्त भनाई राखेकी हुन्।
मन्त्री राणाले नाकामा छोटी भन्सारहरु खुलाउने विषयमा जनप्रतिनिधिहरुले महत्वपूर्ण विषय उठाएको बताउँदै यसका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी हुन्।
मन्त्री राणाले विकास निर्माणका यस्ता योजनाका लागि ठुलो रकम आवश्यक पर्ने देखिएको र सरकारसँग बजेट थोरै रहेकाले समय लाग्ने गरेको भनाई पनि राखिन्।
विश्व बैंक र एशियाली विकास बैंकका विकास आयोजनाहरु बर्दिया ल्याउन आफूले पहल गर्ने वचन पनि उनले दिएकी छन्।
जनप्रतिनिधिले मानव वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि जङ्गल किनारमा हात्ती छेकबार पर्खाल निर्माणका लागि थप बजेट बढाउनुपर्ने, पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको राजमार्गमा आकाशेपुल बनाउनुपर्ने, विश्व बैंक र एसियाली विकास बैंकका विकासका योजनाहरु ठाकुरबाबा र मधुवन नगरपालिकासहित बर्दियाका अन्य पालिकामा लागू गराउन पनि मन्त्री राणासँग आग्रह गरेका थिए।




-1792226847.jpeg)






-1792226847.jpeg)