Kathmandu Press

वस्तीको निधनमा आयोगले १३ दिनसम्म शोक मनाउने 

वस्तीले मिति ०७१ कात्तिक ३ गतेदेखि ०७७ कात्तिक ७ गतेसम्म ६ वर्ष आयोगको सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए। 
वस्तीको निधनमा आयोगले १३ दिनसम्म शोक मनाउने 

काठमाडौं, पुस १४ : राष्ट्रिय मानव अधिकार आयोगले आयोगका पूर्वसदस्य प्रकाश वस्तीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै १३ दिनसम्म शोक मनाउने भएको छ। 

वस्तीले मिति ०७१ कात्तिक ३ गतेदेखि ०७७ कात्तिक ७ गतेसम्म ६ वर्ष आयोगको सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए। 

आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै वस्तीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका साथै आयोगका कामकारबाहीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्मरण गरेको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद घडीमा आयोगले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेको छ।’ 

वस्तीको सम्मान र सम्झनामा आयोगमा उनको तस्बिरसहित १३ दिनसम्म शोकपुस्तिका राख्ने र तेह्रौँ दिनका दिन श्रद्धाञ्जलीसभा आयोजना गर्ने आयोगले जनाएको छ।
 

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, पुस १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्