Kathmandu Press

श्रीलंकाको राजदूतमा नेपाली सर्वसम्मतीले अनुमोदन

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरेको हो।
श्रीलंकाको राजदूतमा नेपाली सर्वसम्मतीले अनुमोदन

काठमाडौं, पुस १४ : संसदीय सुनुवाइ विशेष समितिबाट श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपाली अनुमोदन भएका छन्।

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को गत मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो।

नेपाली त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापकमा कार्यरत थिए। नेपाली माल्दिभ्सको गैरआवासीय राजदूतको लागि पनि सिफारिस भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले राजदूतमा नियुक्त गरेपछि पदभार समाल्ने छन्।
 
प्रकाशित मिति: १५:५७ बजे, आइतबार, पुस १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्