Kathmandu Press

कोटेश्वरको होटलबाट पेस्तोलसहित युवक पक्राउ 

आइतबार प्रहरीले कोटेश्वरको ब्लिसफुल होटलको एउटा कोठाबाट पेस्तोल सहित काठमाडौंकै नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्कालाई पक्राउ गरेका हो। 
कोटेश्वरको होटलबाट पेस्तोलसहित युवक पक्राउ 

काठमाडौं, पुस १४ : काठमाडौंको कोटेश्वरबाट प्रहरीले एक युवकलाई पेस्तोल सहित पक्राउ गरेको छ। 

आइतबार प्रहरीले कोटेश्वरको ब्लिसफुल होटलको एउटा कोठाबाट पेस्तोल सहित एक युवकलाई पक्राउ गरेका हो। 

काठमाडौंकै नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्कालाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेले जानकारी दिए।

उनबाट पेस्तोल र त्यसमा लाग्ने ९ राउन्ड गोली सहित पक्राउ गरिएको थियो।
 

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, पुस १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्