Kathmandu Press

‘सरकारलाई सफल बनाउन सबैको साथ जरुरी छ’

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको मर्मअनुसार नै वर्तमान सरकार गठन भएको र यो सरकार सफल भएरै छाड्ने बताएका छन्। 
‘सरकारलाई सफल बनाउन सबैको साथ जरुरी छ’
फाइल तस्बिर।

धनुषा, पुस १४ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई सफल बनाउन सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। 

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको मर्मअनुसार नै वर्तमान सरकार गठन भएको र यो सरकार सफल भएरै छाड्ने बताएका छन्। 

Hardik ivf

राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भइ वर्तमान सरकार गठन भएको उनले बताए।

‘यदि वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ। त्यसैले, वर्तमान सरकारलाई कुनै पनि हालतमा सफल बनाउनुपर्छ,’ उनले भने। 

डा. कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्न तयार रहेको उल्लेख गर्दै पार्टीभित्र कुनै पनि प्रकारको मनमुटाव नरहेको बताए।

प्रकाशित मिति: १४:३५ बजे, आइतबार, पुस १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्