Kathmandu Press

अखिल क्रान्तिकारीमा फेरि विवाद चर्कियो

शनिबार मतदान भएको थियो । मतदानपछि केही जिल्लामा धाँधली गरेको भन्दै उजुरी परेपछि परिणाम घोषणा हुन नसकेको हो। केही जिल्लामा पुनः मतगणना गर्नुपर्ने अवस्था आएको जनाइएको छ।
अखिल क्रान्तिकारीमा फेरि विवाद चर्कियो

काठमाडौं, पुस १४ : नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीको ३२ वर्षे उमेर हद लगाउने वा नलगाउने भन्ने विषयमा भएको निर्वाचन मतपरिणामको घोषणा रोकिएको छ।

शनिबार मतदान भएको थियो । मतदानपछि केही जिल्लामा धाँधली गरेको भन्दै उजुरी परेपछि परिणाम घोषणा हुन नसकेको हो। केही जिल्लामा पुनः मतगणना गर्नुपर्ने अवस्था आएको जनाइएको छ।

गुल्मी, बैतडी, मोरङ, अछाम, दाङलगायत केही जिल्लामा मतदानमा धाँधली भएको भन्दै उजुरी परेको छ। पुनः मतदान गर्ने वा मतगणना गर्ने भनेर नेतृत्वसँग छलफल गरेर निस्कर्षमा पुग्ने तयारी भइरहेको  ।

यता जिल्लाहरूको मतदान केन्द्रबाट निर्वाचनसम्बन्धी कागजपत्र प्राप्त हुन बाँकी भएको बताउँदै निर्वाचन समितिले मत परिणाम सार्वजनिक गर्न स्थगित गरेको विज्ञप्ति जारी गरेको छ।

अखिल (क्रान्तिकारी) का दुई हजार चार सय पाँच जना प्रतिनिधिमध्ये एक हजार आठ सय एक जनाले मतदान गरेको जनाइएको छ।

 

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, पुस १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्