Kathmandu Press

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार सहकारी सम्बन्धी अध्यादेश जारी गरेका हुन।
राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं, पुस १४ : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार सहकारी सम्बन्धी अध्यादेश जारी गरेका हुन।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको अध्यादेशले सहकारी संस्थाहरुको निययनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ।

पाँच सदस्यीय आयोगमा एकजना अध्यक्षका अतिरिक्त, एकजना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने उल्लेख गरिएको छ।

प्रकाशित मिति: १४:०३ बजे, आइतबार, पुस १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्