Kathmandu Press

लुक्लाबाट ५ यात्रुसहित काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा अवतरण

लुक्लाबाट ५ यात्रुसहित काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा अवतरण
फाइल तस्बिर।

काठमाडौं, पुस १४ : लुक्लाबाट काठमाडौं आउँदै गरेको हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोकिएको छ। 

लुक्लाबाट ५ जना विदेशी यात्रु राखेर काठमाडौं आउँदै गरेको होलिकोप्टर चरासँग ठोक्किएपछि उक्त हेलिकोप्टर साँगामा आकस्मिक अवतरण गरिएको छ। 

सो घटनापछि हेली एभरेस्टले यात्रुलाई त्यहीँ झारेको छ। यात्रुहरुलाई सडकमार्गबाट काठमाडौं ल्याएको बताइएको छ। 

अब हेलिकोप्टरलाई प्राविधिकहरूले जाँच गरेर मात्रै काठमाडौं ल्याउने छ।

प्रकाशित मिति: १४:०२ बजे, आइतबार, पुस १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्