Kathmandu Press

प्रतिनिधिसभा सचिवमा हर्कराज राई सिफारिस

आइतबार सभामुख देवराज घिमिरेले राईलाई प्रतिनिधि सभा सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन।
प्रतिनिधिसभा सचिवमा हर्कराज राई सिफारिस

काठमाडाैं, पुस १४ : प्रतिनिधिसभा सचिवमा हर्कराज राई सिफारिस भएका छन्।

आइतबार सभामुख देवराज घिमिरेले राईलाई प्रतिनिधि सभा सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्।

राई अहिले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार छन्। 

सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा राईलाई सिफारिस गरिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

झापाको शिवसताक्षी गाउँपालिका वडा नम्बर २ का राईले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्।

प्रकाशित मिति: १२:३८ बजे, आइतबार, पुस १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्