Kathmandu Press

पूर्व न्यायाधीश वस्तीको निधनप्रति सर्वोच्चमा शोक, मुद्दामा सुनुवाई स्थगित

सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा मुद्दाको सुनुवाइ स्थगित गरिएको हो।
पूर्व न्यायाधीश वस्तीको निधनप्रति सर्वोच्चमा शोक, मुद्दामा सुनुवाई स्थगित

काठमाडौं, पुस १४ : सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ।

सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा मुद्दाको सुनुवाइ स्थगित गरिएको हो।

आइतबार सर्वोच्च अदालतको पूर्ण बैठकले वस्तीको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ। सर्वोच्च अदालत बाहेक उच्च, जिल्ला अदालत र न्यायाधीकरणमा भने मुद्दाको सुनुवाइ सुचारु हुने छ।

पूर्व न्यायाधीश वस्तीको शनिबार हृदयघातका कारण निधन भएको थियो। वस्तीको बिहान पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टी भएको छ।

प्रकाशित मिति: १२:३४ बजे, आइतबार, पुस १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्