Kathmandu Press

साना उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउन युवा व्यवसायीको माग

भक्तपुर, वैशाख ११ : भक्तपुरका युवा उद्योगी व्यवसायीले लकडाउनको अवधिमा घरेलु तथा साना उद्योगहरु सञ्चालन गर्न दिनुपर्ने बताएका छन्।

लकडाउनको न....

साना उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउन युवा व्यवसायीको माग

भक्तपुर, वैशाख ११ : भक्तपुरका युवा उद्योगी व्यवसायीले लकडाउनको अवधिमा घरेलु तथा साना उद्योगहरु सञ्चालन गर्न दिनुपर्ने बताएका छन्।

लकडाउनको नाममा सबै काम ठप्पै पारेर मात्रै बस्नु बुद्धिमानी नहुने युवा व्यवसायी समाज नेपालका अध्यक्ष विश्वराम कवाँंले बताए। ‘लकडाउन मात्रै सबै समस्याको समाधान हुन नसक्ला। यो वेला पनि खानलाउन त प¥यो, त्यसको लागि आम्दानीको स्रोत त चाहियो नै,’ अध्यक्ष कवाँले भने, ‘यसैको लागि कि त सरकारले राम्रो बन्दोवस्त गरिदिनुपर्‍यो, नत्र काम गर्ने वातावरण बनाइदिनुप¥यो।’

लकडाउनको अवधिमा मात्रै नभएर त्यसपछि पनि उद्योग व्यवसाय फस्टाउन के गर्ने हो स्पष्ट नीति आवश्यक रहेको उनको भनाइ छ। लकडाउनका कारण खेतमा जान किसानलाई समेत रोक लगाएकाले खेतबारीमा भएको तरकारी पनि लिन नसकिरहेको बताए। ‘फलेको तरकारी पनि खेतमै कुहाउन दिनुपर्ने अवस्था सिर्जना भएको छ। यसले भोलिका दिनमा भोकमरीको सिर्जना हुने जोखिम बढाएको छ,’ उनले भने।

लकडाउनका कारण सर्वसाधारण मर्कामा परेका छन्। विपन्न र मजदुर भोकै बस्नुपर्ने अवस्था आएको छ। जसले गर्दा सर्वसाधारण सुरक्षाकर्मीलाई छलेर शहरबाट गाउँ फर्किरहेको उनको भनाइ छ। जसले गर्दा लकडाउनको अवधिमा पनि साना उद्योग सञ्चालन गर्नदिनुपर्ने उनले बताए।

लामो लकडाउनले समस्या भएको जनाउँदै काम गर्ने वातावरण बनाउनु पर्ने मजदुर पनि बताउँछन्। काम बन्द हुँदा खाना नपाउने अवस्था आएपछि मजदुर घर फर्किरहेको सूर्यबहादुर सार्कीले बताए।

मजदुरी गरेर दैनिक चलाउदै आएका उनले आफू पनि समस्यामा परेको बताए। ‘यो उनीहरुको रहर नभर बाध्यता हो, रहरले कोही पनि गाउँ गएका छैनन्,’ सार्कीले भने। अब लकडाउनको समयमा पनि काम गर्ने वातावरण बनाउनु पर्ने उनको भनाइ छ।

युवा व्यवसायी पनि सरकारले यसमा सोच्नु पर्ने बताउँछन्। सरकारले अब विकल्पमा सोच्नु पर्ने युवा व्यवसायी समाजका अध्यक्ष कवाँको भनाइ छ।

 

प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, वैशाख ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्