Kathmandu Press

मनास्लु संरक्षण क्षेत्रमा लोपोन्मुख गिद्ध फेला

गोरखा, वैशाख ११ : उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिका–३ सिर्दिवास नाक्चेतमा लोपोन्मुख गिद्ध भेटिएको छ। &nbs....

मनास्लु संरक्षण क्षेत्रमा लोपोन्मुख गिद्ध फेला

गोरखा, वैशाख ११ : उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिका–३ सिर्दिवास नाक्चेतमा लोपोन्मुख गिद्ध भेटिएको छ।  एक स्थानीयको घरमा बिरामी अवस्थामा गिद्ध फेला परेको मनास्लु  संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए। लोपोन्मुख गिद्धकोे उद्धार गरिएको छ।

घरमा गिद्ध  आएर बसेपछि  बुधबार स्थानीयले सिर्दिबासको फिलिममा रहेको मनासलु संरक्षण क्षेत्रको कार्यालयलाई जानकारी गराएको थियो। कार्यालयमा जानकारी आएलगत्तै तत्कालै कर्मचारी पठाएर गिद्धको उद्धार गरिएको प्रमुख लामाको भनाइ छ।

'घरमा भेटिएको गिद्ध उड्नसमेत नसक्ने अवस्थामा थियो,' उनले भने, 'गिद्धले आहार नपाएर हो वा बिरामी भएर हो स्पस्ट भएको छैन।' उक्त लोपोन्मुख गिद्धलाई संरक्षणका लागि पिँजडाभित्र राखिएको प्रमख लामाले जानकारी दिए। फेला परेको गिद्ध चितवनस्थित पक्षी संरक्षण संघ नेपालले संरक्षण गरेर राखेको उनले बताए।

'उक्त गिद्धको खुट्टामा ३९ नम्बरको ट्यागसमेत लगाइएको रहेछ,' प्रमुख लामाले भने, 'अहिले भेटेरेनरी चिकित्सकको सल्लाहअनुसार आहार दिएर राखिएको छ।' गिद्ध फेला परेलगत्तै सौराहामा रहेको जैविक विविधता संरक्षण केन्द्रलाई समेत जानकारी गराइ सकिएको उनले जानकारी दिए। अहिले गिद्धको स्वास्थ्य अवस्थामा विस्तारै सुधार हुँदै गएको लामाले बताए।

प्रकाशित मिति: १२:५२ बजे, बिहीबार, वैशाख ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्