Kathmandu Press

भीम रावलको निष्कासन ओलीको निरंकुशता हो : नेता भुसाल

‘भीम रावल एक राष्ट्रवादी र स्वाभिमानी नेता भएकाले ओलीले राजनीतिक प्रतिशोध साँधे,’ उनले भने।
भीम रावलको निष्कासन ओलीको निरंकुशता हो : नेता भुसाल
फाइल तस्बिर।

काठमाडौं, पुस १३ : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललले एमालेबाट भीम रावललाई निष्कासन गरिनु केपी ओलीको निरंकुशताको पराकाष्टा भएको बताए।

शनिबार नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन(नेष्टु)ले आयोजना गरेको एक कार्यक्रममा उनले चाकरी गर्ने ओलीका मित्र र पार्टीको नीति, विधि र पद्दतीमा हिँड्ने स्वाभीमानी नेता–कार्यकर्ता उनका दूष्मन हुने विषय नौलो नभएको बताए।

उनले भीम रावल एक राष्ट्रवादी र स्वाभिमानी नेता भएको बताए। ‘भीम रावल एक राष्ट्रवादी र स्वाभिमानी नेता भएकाले ओलीले राजनीतिक प्रतिशोध साँधे,’ उनले भने।

भुसालले रावललाई आफ्नो पार्टीमा स–सम्मान स्वागत गर्न तयार रहेको पनि बताए।

अर्को प्रसंगमा उनले श्रमिकको समस्या समाधान गर्न सडक र सदन दुवै मोर्चा आवश्यक रहेको बताएका छन्। वर्तमानसरकार मजदुरको पक्षभन्दा पनि माफिया वा दलालहरुको पक्षमा रहेको आरोप उनको थियो। 

संविधानले मजदुरको टे«ड युनियन अधिकारसहित सम्पूर्ण सुरक्षाको प्रत्याभूति गरेको भएपनि त्यसको कार्यान्वयन नहुनु दुःखत भएको बताए। नेपाली राजनीतिमा गाणतन्त्र पूर्णरुपले कार्यान्वयन नहुँदा हरेक क्षेत्रमा बिचौलियाहरुको हालिमुहाली हुने अवस्था अएको उनको भनाई थियो। 

‘संविधानको भावना विपरित सरकारले नै माफियाको संरक्षण गर्दा श्रमजीवी वर्ग थप पीडित भएको र जाँतोमा पिसिएका छन्,’ उनले भने।

प्रकाशित मिति: २०:४३ बजे, शनिबार, पुस १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्