जलवायु परिवर्तनले महिला, बालबालिका र युवामा परेका प्रभावबारे धनगढीमा संवाद
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका असरले मानवजीवन र विकास पूर्वाधारमा गम्भीर क्षति पुर्यारहेको बताइन्।
कैलाली, पुस १३ : जलवायु परिवर्तनका कारण महिला, बालबालिका र युवामा परेको प्रभावबारे आजदेखि कैलालीको धनगढीमा बृहत् संवाद भएको छ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को आयोजनामा सुरु भएको ‘महिला बालबालिका र युवामा जलवायु परिवर्तनका प्रभावः संवाद कार्यक्रम’ मा यस प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जलवायु परिवर्तन न्यूनीकरणका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका असरले मानवजीवन र विकास पूर्वाधारमा गम्भीर क्षति पुर्यारहेको बताइन्।
उनले नेपालमा स्रोतको कमी नभए पनि उचित ढंगले व्यवस्थापन गर्न नसक्दा जलवायुको समस्या जटिल बन्दै गएको उल्लेख गर्दै यसको असर र चुनौती न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय तह सबै मिलेर काम गर्न आवश्यक रहेको बताइन्।
आगमी दश वर्षमा महिला बालबालिकाको जीवनस्तर माथि उकास्न कार्यक्रम केन्द्रित हुनुपर्नेमा जोड दिँदै रुडुकका संस्थापकसमेत रहेकीस् मन्त्री डा. राणाले देशमा भएका स्रोतसाधनलाई एकीकृत रूपमा परिचालन गरी जोखिम न्यूनीकरणमा लाग्नुपर्ने उल्लेख गरिन्।
‘नेपालले भएको स्रोतलाई एकीकृत ढङ्गले योजनाबद्ध रूपमा प्रयोग गर्न आवश्यक छ। यसका साथै हामीले सामना गर्नुपरेका जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय मञ्चमा समेत जोड्दार रूपमा उठाइरहेका छौं,’ उनले भनिन्, ‘आगामी वैशाख÷जेठ महिनामा जलवायुसम्बन्धी ‘सगरमाथामा संवाद’ कार्यक्रम गरेर जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि विश्वको ध्यानाकर्षण गराउँदै छौँ । सगरमाथा संवादमा हिमाल पग्लिएर नेपालको मात्रै नभएर संसारकै भविष्य के हुन्छ भन्ने विषयमा संवाद गरिनेछ।’
कार्यक्रममा एक अध्ययनअनुसार जलवायु परिवर्तनको असरले नेपाल र खासगरी सुदूरपश्चिम प्रदेशमा बढी असर पर्दै आएको छ। त्यसमा पनि दैनिक घरायसी काममा व्यस्त रहने महिला, तिनमा आश्रित बालबालिका र रोजगारीलगायत अवसरको खोजिमा युवा बढी प्रभावित भइरहेका जानकारहरूले बताएका छन्।
जलवायुका परिवर्तन कारण उत्पन्न हुने समस्या पैदा हुनुमा नेपालको भूमिका नगन्य रहे पनि यसको मारमा भने नेपालजस्ता मुलुक पर्दै आएकामा कार्यक्रमका वक्ताहरूले चिन्ता जाहेर गरे।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘अक्सफाम’ नेपालका कार्यक्रम व्यवस्थापक राजन सुवेदीले जलवायु परिवर्तनको असरले देशको दिगो विकास लक्ष्यलाई पनि असर पु¥यारहेको बताए। यसको असरले अर्थ व्यवस्थामा समेत ठूलो चुनौती थपिरहेको उनको भनाई थियो।
नेदरल्यान्डको हेगमा हालै भएको जलवायुसम्बन्धी छलफल कार्यक्रममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनमा नेपालको खास भूमिका नरहे पनि कार्बन उत्सर्जन गरेर परिवर्तनमा असर पु¥याइरहेका विश्वका राष्ट्रसमक्ष नेपाललाई सोधभर्ना गर्नुपर्ने अडान ारखेको संवादका क्रममा उल्लेख गरिएको थियो।
कार्यक्रममा सुदूरपश्चिमस्तरमा जलवायु परिवर्तनबाट पुगिरहेको असरलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुँदैछ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पनि सरकारले जलवायु परिवर्तनको नीतिअनुरुप गरिरहेका गतिविधि म्बन्धमा सम्बोधन गर्नुभएको थियो। कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ।










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

