Kathmandu Press

माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुने दाहालको दाबी

गिरिबन्दु, यति, ओन्नीमा, नक्कली भुटानी शरणार्थी प्रकरण लगायत सबै भ्रष्टाचार काण्डहरू त्यसै नछोडिने उनले बताए। 
माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुने दाहालको दाबी
फाइल तस्बिर।

कञ्चनपुर, पुस १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन्।

कञ्चनपुरको पूनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन्।

Hardik ivf

विगतका सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उनले बताए। गिरिबन्दु, यति, ओन्नीमा, नक्कली भुटानी शरणार्थी प्रकरण लगायत सबै भ्रष्टाचार काण्डहरू त्यसै नछोडिने उनले बताए। 

‘हामीलाई दिनमा एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुनेछ । यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ, कसैलाई त्यसै छोडिनेछैन । गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन। र यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ,’ अध्यक्ष दाहालले भने। 

उनले २०८४ को चुनावमा माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु बताए। आफूहरू भ्रष्टाचारीहरुलाई लखेट्ने प्रक्रिया सुरु गरिसकेको बताउँदै उनले त्यसले माओवादीलाई बलियो बनाउने उल्लेख गरे। 

आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष दाहालले मिटरब्याजीहरू मिटर ब्याजको नाममा जनतालाई शोषण गर्नेहरु पनि भयभीत र आतंकित भएर सरकार ढाल्ल लागि परेको बताए।
 

प्रकाशित मिति: २०:१३ बजे, शनिबार, पुस १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्