Kathmandu Press

एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छ : प्रधानमन्त्री ओली

एमाले अध्यक्ष ओलीले एकताबद्ध प्रयासबाट मुलुकलाई शान्त र समृद्ध बनाउन सकिने उल्लेख गर्दै त्यसतर्फ लाग्न सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गरे।
एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, पुस १३ : प्रधानमन्त्री केपी ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताएका छन्।

नेपाल संवत् ११४५ का अवसरमा नेपाल एमालेको काठमाडौं महानगर कमिटीद्वारा वसन्तपुरमा आयोजित जलपान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले एकताबद्ध प्रयासबाट मुलुकलाई शान्त र समृद्ध बनाउन सकिने उल्लेख गर्दै त्यसतर्फ लाग्न सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गरे।

कला, संस्कृति र सभ्यतामा धनी हामीले आफ्नो राष्ट्रिय पहिचान र संस्कृतिलाई बचाएर मानव जगत्को कल्याणका लागि काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो। 

त्यस अवसरमा एमाले पोलिटब्युरो सदस्यहरू आनन्द पोखरेल, रामेश्वर फुयाँल, केन्द्रीय सदस्य शान्ति अधिकारी, काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललगायत महानगर कमिटीका सदस्य सहभागी थिए।

प्रकाशित मिति: १८:४८ बजे, शनिबार, पुस १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्