Kathmandu Press

नेपालमा नै रोजगारी गरी आयआर्जनको व्यवस्था गर्ने काम भइरहेको छ : परराष्ट्रमन्त्री

मुलुकको वर्तमान आर्थिक अवस्थामाप्रति नेताहरू जानकार रहेको बताउँदै मन्त्री राणाले देशमा समृद्धि ल्याउनका लागि दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार गठन भएको पनि बताइन्।
नेपालमा नै रोजगारी गरी आयआर्जनको व्यवस्था गर्ने काम भइरहेको छ : परराष्ट्रमन्त्री

कैलाली, पुस १३ : परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालमा नै रोजगारी तथा आयआर्जनको व्यवस्था गर्नका लागि काम भइरहेको पनि बताएकी छन्।

कैलालीको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास गर्दै मन्त्री डा. राणाले राजनीतिले मात्रै जनता सन्तुष्ट हुँदैनन् भन्ने विषयमा नेताहरू र सरकारलाई जानकारी रहेको बताइन्। 

Hardik ivf

मुलुकको वर्तमान आर्थिक अवस्थामाप्रति नेताहरू जानकार रहेको बताउँदै मन्त्री राणाले देशमा समृद्धि ल्याउनका लागि दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार गठन भएको पनि बताइन्। 

‘हामी दुईवटा ठूला पार्टीका अध्यक्षज्युहरूले देशमा समृद्धि ल्याउनका लागि एकै ठाउँमा उभिएर काम अघि बढाउनुपर्छ भनेर लाग्नुभएको हो,’ उनले भनिन्, ‘राजनीतिले मात्रै मान्छेको पेट भर्दैन भनेर नेताजीहरू र हामी सबैलाई थाहा छ। रोजगारी चाहिन्छ, एउटा आय आर्जन गर्ने वातावरण बन्नुपर्छ अनिमात्रै देशको समृद्धि हुन्छ। मान्छेहरूको सपना पूरा हुनसक्छ।’

मन्त्री डा.राणाले निजी क्षेत्रलाई काममा अवरोध ल्याउने कानुन संशोधनका लागि सरकारले टिम गठन गरेको बताइन्। 

‘विकासको ठूलो बाधक बनेर आएका क्षेत्रहरूको नियम कानुनमा फेरबदल गर्नुपर्छ भनेर हामी अघि बढेका छौं। एउटा टिम गठन गरेर यो निजी क्षत्रेमा हुनुपर्ने के–के हो, बिजनेस र लगानीको सम्भावना बढाउन कुनकुन नियम परिवर्तन गर्नुपर्छ भनेर एउटा टास्कफोर्स बनेको छ,’ उनले भनिन् ।

यस्तै, मन्त्री राणाले जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकास निर्माणको ढोका खुल्ने पनि बताइन्।

प्रकाशित मिति: १८:४५ बजे, शनिबार, पुस १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्