Kathmandu Press

संविधान संशोधन प्रमुख दलहरुको सहमतिमै हुन्छ : सञ्चारमन्त्री गुरुङ

उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताए। उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए।
संविधान संशोधन प्रमुख दलहरुको सहमतिमै हुन्छ : सञ्चारमन्त्री गुरुङ

कास्की, पुस १३ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन्। 

माछापुछ्रे गाउँपालिका–१ टुसेमा आयोजित एक कार्यक्रममा उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताए। उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए।

‘सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ। यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ,’ उनले भने, ‘प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुंगो लगाउने सरकारको योजना छ।’

सञ्चारमन्त्री गुरुङले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको जानकारी दिए। उनले ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र स्थापना हनु सकारात्मक हो भन्दै केन्द्र सञ्चालनका लागि सरकारका तर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित मिति: १८:२५ बजे, शनिबार, पुस १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्