Kathmandu Press

कुलमान भन्छन्– सुख्खा याममा विद्युत अभाव हुनसक्छ

‘हिजोको  अवस्थाबाट  हामी आजको  अवस्थामा आइपुगेका छौं। पहिला लोडसेडिङको अवस्था थियो। अहिले हामी यो बाट निकै अगाडि बढिसकेका छौं,’ उनले भने, ‘हरेक गाउँगाउँमा विद्युत पुगिसकेको अवस्था छ। केही विकट ठाउँहरुमा पुग्न बाँकी छ।’
कुलमान भन्छन्– सुख्खा याममा विद्युत अभाव हुनसक्छ

काठमाडौं, पुस १३ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक ठाउँमा लगभग विद्युत पुगिसकेको बताएका छन्। 

शनिबार डायस्पोरा नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडीओ)को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशनको प्यानल डिस्कसनमा बोल्दै उनले पहिला लोडसेडिङको अवस्थामा रहेको नेपाल अहिले यसबाट अगाडि बढिसकेको बताएका हुन्।

‘हिजोको  अवस्थाबाट  हामी आजको  अवस्थामा आइपुगेका छौं। पहिला लोडसेडिङको अवस्था थियो। अहिले हामी यो बाट निकै अगाडि बढिसकेका छौं,’ उनले भने, ‘हरेक गाउँगाउँमा विद्युत पुगिसकेको अवस्था छ। केही विकट ठाउँहरुमा पुग्न बाँकी छ।’

कार्यकारी निर्देशन घिसिङले अहिले उत्पादित भइरहेको विजुली करिव करिव ३५ सय मेगावाटको हाराहारीमा रहेको बताए। उनले ३५ सय मेगावाटको हाराहारीमा विजुली हुँदा पनि ड्राइ सिजनमा नपुग्ने अवस्था रहेको बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुशीलबाबु ढकालले भौतिक पूर्वाधारका कामहरु गर्न बजेटको अभाव रहेको बताए। उनले डायस्पोराका नेपालीहरुले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे। 

नेपाल सरकारका सहसचिव कुबेर नेपालीले विद्युतीय सवारी साधनका कारण प्रदूषण घटेको र सार्वजनिक यातायात व्यवस्थित हुँदै गएको बताए।

त्यस्तै जलवायू परिवर्तन र बसाइँ सराइ विषयको प्यानल डिस्कसनमा विज्ञ अमिना महर्जन, पत्रकार कुन्द दिक्षित, विज्ञ डा. गणेश गुरुङ, वातावरण मन्त्रालयका नरेश शर्माले जलवायू परिवर्तनको जोखिमबारे आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: १६:०६ बजे, शनिबार, पुस १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्