Kathmandu Press

लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक गौतम इटालीमा सम्मानित

जलवायु संकटको सामना र सांस्कृतिक समझदारीको प्रवर्द्धनमा पुर्‍याएको योगदानका कदर गर्दै गौतमलाई इटालीको ‘एस् मु डो शान्ति र न्याय’ नामक संस्था तथा सार्नो नगरपालिकाले संयुक्त रुपमा सम्मान गरेका हुन्।
लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक गौतम इटालीमा सम्मानित

काठमाडौं, पुस १३ : लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष बासु गौतमलाई इटालीको सार्नो नगरपालिकाले ‘पिस एम्ब्यासडर’ रुपमा सम्मान गरेको छ। 

जलवायु संकटको सामना र सांस्कृतिक समझदारीको प्रवर्द्धनमा पुर्‍याएको योगदानका कदर गर्दै गौतमलाई इटालीको ‘एस् मु डो शान्ति र न्याय’ नामक संस्था तथा सार्नो नगरपालिकाले संयुक्त रुपमा सम्मान गरेका हुन्।

सार्नोका मेयर डा. फ्रान्सेस्को स्क्विलान्ते, संस्कृति परिषद सदस्य प्रोफेसर अन्ना मारिया डेला पोर्टा र ‘एस् मु डो शान्ति र न्याय’की अध्यक्ष  डा. ग्लाडिस माबेल क्यान्टेल्मीले सम्मान गरेका थिए। 

लुम्बिनी वर्ल्ड पिस फोरममार्फत गौतमले विगत एक दशकदेखि नेपाल, कम्बोडिया, जापान, म्यान्मार, सिंगापुर, फ्रान्स, भारत , इजिप्टलगायत देशमा ‘दिगो शान्तिका लागि सांस्कृतिक समझदारी’ कार्यक्रम सञ्चालन गर्दै आएका छन्। 

फोरममार्फत उनले श्रीलंका, बांगलादेशलगायत दक्षिण एसियाली देशहरुमा जलवायु न्यायको मुद्दालाई अघि सार्दै अभियान सञ्चालन गर्दै आएका छन्। 
 
प्रकाशित मिति: १४:२७ बजे, शनिबार, पुस १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्