Kathmandu Press

कांग्रेसले गरेका असल काम नागरिकसम्म पुर्‍याउन प्रवासीलाई अगुवाको आग्रह

राजधानी रियादमा आयोजित नेपाली जन सम्पर्क समिति रियाद मध्यपूर्व क्षेत्रको दोश्रो अधिवेशन उद्घाटनका क्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन्।
कांग्रेसले गरेका असल काम नागरिकसम्म पुर्‍याउन प्रवासीलाई अगुवाको आग्रह

काठमाडौं, पुस १३ : नेपाली कांग्रेसको नेतृत्वमा भएका गतिविधि नागरिकसमक्ष पुर्‍याउन सकिए पार्टी र नागरिकबीचको सम्बन्ध अझ बलियो हुने साउदी अरेबियामा बसोबास गर्ने कांग्रेस अगुवाले बताएका छन्।

राजधानी रियादमा आयोजित नेपाली जन सम्पर्क समिति रियाद मध्यपूर्व क्षेत्रको दोश्रो अधिवेशन उद्घाटनका क्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन्।

कार्यक्रमको उद्घाटन गर्दै पार्टीका जनसम्पर्क समिति समन्वय विभाग सदस्य एवं महासमिति सदस्य पुरुषोत्तम खनालले नीतिगत रुपमा कांग्रेसले गरेका कामको प्रचार हुन नसक्दा नागरिक असन्तुष्टी बढेको बताए।

हाम्रो पार्टीको नेतृत्वमा स्वास्थ्यदेखि शिक्षा अनि सामाजिक क्षेत्रमा सुधार भैरहेको छ, उनले भने, विगतमा भएका कामको पनि प्रचार हुन सकेको छैन। उनले जनसम्पर्क समितिका सदस्यहरुले देशमा समेत पार्टी नेतृत्वमा भएका असल काम फैलाउन आग्रह गरे।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको नेतृत्वमा अहिले पनि स्वास्थ्य सुधारमा धेरै काम भैरहेको छ, उनले भने, विगतमा पनि भएको थियो। अरु मन्त्रालयका नागरिक लक्षित काम पनि प्रचारमा सघाइदिनुहोला ।

अधिवेशनले राजेन्द्र कार्कीको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। समितिको उपसभापतिमा रविन पौडेल र महामन्त्रीमा विष्णु पाण्डे चयन भएका छन्।

जनसम्पर्क समिति साउदी अरेबियाका सभापति अर्जुन थापाको सभापतित्वमा भएको कार्यक्रममा निवर्तमान सभापति दिपक रेग्मी, अधिवेशनका संयोजक गोपाल पंगेनीलगायतले नेपालीको समस्यामा साध दिने प्रतिबद्धता जनाए। 

प्रकाशित मिति: १०:१९ बजे, शनिबार, पुस १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्