सर्वोच्चका पूर्वन्यायाधीश वस्तीको निधन
उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए। २२ भदौ २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए।काठमाडौं, पुस १३ : सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। ७१ वर्षीय वस्तीको हृदयघातका कारण शुक्रबार राति निधन भएको हो।
शुक्रबार राति हृदयघात भएपछि उनलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। उपचाकरा क्रममा उनको राति नै निधन भएको हो।
उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए। २२ भदौ २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए।
त्यसअघि उनले लामो समय सरकारी वकिल भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेका थिए।
वस्ती २०६५ भदौ २२ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । पछि पदावधि नथपिएपछि उनी २०७० चैत्र २९ गते अस्थायी न्यायाधीशकारुपमै सर्वोच्च अदालतबाट अवकाश भएका थिए ।
सर्वोच्चबाट अवकाश भएपछि उनीले ६ वर्ष राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गरेका थिज्ए। । पछिल्लो समय पनि उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा सक्रिय थिए।
अमेरिकामा रहेका छोरा आएपछि उनको आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको बताइएको छ।