Kathmandu Press

१३ दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्पको धक्का महसुस भएको छ।
१३ दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प

काठमाडौं, पुस १३ : पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्पको धक्का महसुस भएको छ।

सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रविन्दू बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो।

यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो।

पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेटमा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ।

विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रविन्दू बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो।
 

प्रकाशित मिति: ०९:३६ बजे, शनिबार, पुस १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्