Kathmandu Press

पोखरास्थित सेती खोँचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

बिहीबार बेलुका हिँड्ने क्रममा अचानक सेती खोँचमा खसेका स्थानीय ६१ वर्षीय उजीरबहादुर पुनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो।
पोखरास्थित सेती खोँचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

कास्की, पुस १३ : पोखरा महानगरपालिका–९ स्थित पार्वती टोल नजिकै खाेँचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ।

बिहीबार बेलुका हिँड्ने क्रममा अचानक सेती खोँचमा खसेका स्थानीय ६१ वर्षीय उजीरबहादुर पुनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो।

पुन घरदेखि नजिकै हिँड्ने क्रममा अचानक धाजाँ फाटेको ठाउँमा करिब १५ मिटर तल खोचमा खसेका थिए।

सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की मालेपाटनको विशेष उद्धार तथा रोप रेस्क्यू टोली तत्कालै परिचालन भई उनको सकुशल उद्धार गरिएको हो।
 
प्रकाशित मिति: ०९:३० बजे, शनिबार, पुस १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्