Kathmandu Press

आज दिउँसो देशका धेरै ठाउँमा वर्षाको सम्भावना 

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हिउँदे वर्षा शुरू भएको छ। सुदूर र कर्णालीका केही ठाउँमा रातिदेखि हल्का वर्षा भएको हो। 
आज दिउँसो देशका धेरै ठाउँमा वर्षाको सम्भावना 

काठमाडौं, पुस १३ : पानी पार्ने प्रणाली पश्चिमबाट विस्तारै पूर्वतिर सर्दैछ । पश्चिमी न्यून चापीय प्रणालीको कारण आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

बेलुकासम्म काठमाडौंसहित देशका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हिउँदे वर्षा शुरू भएको छ। सुदूर र कर्णालीका केही ठाउँमा रातिदेखि हल्का वर्षा भएको हो। 

अहिले पनि पश्चिमका केही स्थानमा हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ। 

दिउँसो सुदूरपश्चिम र कर्णालीसहित लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

मौसम विज्ञान विभागले यसअघि नै विशेष मौसमी बुलेटिन सार्वजनिक गर्दै शुक्रबारदेखि पानी पार्ने प्रणाली पश्चिमबाट सक्रिय हुने जानकारी दिएको थियो। विभागका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ।
 

प्रकाशित मिति: ०९:१३ बजे, शनिबार, पुस १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्