Kathmandu Press

आज त्रिविको ५०औं दीक्षान्त समारोह, १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित हुँदै

समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् । सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ।
आज त्रिविको ५०औं दीक्षान्त समारोह, १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित हुँदै
फाइल तस्बिर।

काठमाडौं, पुस १३ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दैछ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५०अंैँ दीक्षान्त समारोह आयोजना गरिएको छ। 

समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् । सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ। गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित हुने छन्।

Hardik ivf

स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि(पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन्। 

समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदै छन्। समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिने छ। 

समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहनेछ।
 

प्रकाशित मिति: ०९:०४ बजे, शनिबार, पुस १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्